सिद्धि

ना. [सं.]

  1. योग वा तपस्याद्वारा प्राप्त हुने अलौकिक शक्ति।
  2. योगसाधनाद्वारा प्राप्त गरिने आठ प्रकारका सिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व)।
  3. मुक्ति; निर्वाण।
  4. आँटेको काम पूरा भएको स्थिति; सफलता।
  5. थालेको यज्ञ, दान, अनुष्ठान आदिको निर्विघ्न समाप्ति; कार्यपूर्णता।
  6. निपुणता; सिपालुपन।
  7. गणेशका दुई पत्नी ऋद्धि र सिद्धिमध्ये कान्छीचाहिँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)