सिन्दुरे
ना. [सिन्दूर+ए]
- विवाहमा दुलहीलाई सिन्दूर हाल्दा गणेश र ग्रहकलश भएको ठाउँबाट दुलहीको सिउँदोसम्म सिन्दूरको रेखा नटुटाई हाल्दै लगिने सेतो कपडाको थान।
- गहुँको बोटमा लाग्ने सिन्दूरको रङको किरो।
- सिन्दूरसम्बन्धी; सिन्दूरको।
- सिन्दूर राख्ने; सिन्दूर हाल्ने (भाँडो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)