सिन्दूर
ना. [सं.]
- सौभाग्यवती स्त्रीले शोभाका निम्ति निधारमा वा सिउँदामा लगाउने वा देवपूजामा प्रयोग गरिने सुन्तलारङको चूर्ण; सिँदुर।
- सौभाग्यशृङ्गार।
- सरकारी कर्मचारीको शोभा वा मान (जस्तो- सरकारी सिन्दूर)।
- नोकरी; सेवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)