सुक्खा
वि. [प्रा. सुक्ख? सं. शुष्क]
- पानी वा ओसिलोपन नभएको; सुकेको।
- घिउतेल आदि चिल्लो पदार्थ नपरेको; रूखा।
- पानी नभएको वा नलाग्ने (जमिन)।
- रगत सुकेको (शरीर)।
- बर्खायाममा पनि पानी नपरेको अवस्था; खडेरी।
- अनिकाल; अकाल; दुर्भिक्ष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)