सूची

ना. [सं.]

  1. लुगाफाटो सिउने काममा प्रयोग हुने सियो; सूचि; सुई।
  2. कुनै वस्तुको तिखो टुप्पो; चुच्चो।
  3. कुनै विषयवस्तुको विवरणतालिका; ग्रन्थ, सामान आदिको व्यवस्थित क्रमविन्यास भएको फेहरिस्त; सूचीपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)