सेक्नु

स.क्रि. [सं. सेचन]

  1. कुनै वस्तु वा शरीरको कुनै अङ्गमा आगाको तातो पर्न दिनु।
  2. पोल्नु; सेकाउनु; तताउनु।
  3. एक वस्तुद्वारा अर्को वस्तुमा तापसङ्क्रमण गराउनु।
  4. सह्यारसुसार गर्नु; हेरचाह गर्नु।
  5. बदमासी गर्नेलाई पिट्नु वा ठटाउनु।
  6. घाम आदिले पोलेर कष्ट दिनु।
  7. टुट्टा वा नोक्सान पार्नु; खती गर्नु।
  8. पानी छर्कनु; अभिषेक गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)