सेलाउनु

अ.क्रि. [शीतल+आउ+नु]

  1. तातो वस्तु चिसो हुनु; ठन्डा हुनु।
  2. जोस, प्रतिभा, उत्साह आदि कुरा घट्दै जानु।
  3. तातो वस्तु चिसो पार्नु।
  4. देवताको निर्माल्य जल, पुष्प, मूर्ति आदि वस्तु पवित्र ठाउँमा लगेर विसर्जन गर्नु।
  5. मृतकको शव जलाउनु; दाहसंस्कार गर्नु। प्रे.क्रि. [सेल्+आउ+नु] सेल्न लगाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)