सोइला/सोइलो

ना. [सं. शलाका]

  1. गाडी वा हलामा लगाइने, गोरु वा राँगाका जुवामा ठोकिने काठको छोटाछोटा डन्डी; जुवामा गोरु वा राँगाको गर्दनलाई यताउति सर्न नदिन जडिएको सोही साधन।
  2. काठको तिखो, लामो कुनै पनि ठेडी वा सुइरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)