हन्बेर्नु/हन्बेर्नो
ना. [हात+बेर्+उ/ओ]
- तातेको भाँडो वा भाँडाको बिँड समात्ने हतियार वा झुम्रो (सनासो, लुँडो आदि)।
- फलामको काम गर्ने कालिगडहरूले आगो तह लाउने, टुप्पो घुमेको लामो ज्याबल।
- बाध्यतावश संरक्षण दिनुपर्ने वस्तु वा व्यक्ति; घाँडो।
- कुनै काम नलाग्ने व्यक्ति; हल्लौँडो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)