हल्लनु
अ.क्रि. [सं. हल्लन+नु]
- हावाको वेगले वा आफ्नै शक्तिले यताउति चल्नु; चलमलाउनु; झुल्नु; हल्लिनु।
- लगलग, लुगलुग, डगडग, थरथर आदि चालसित काम्नु; कम्पन हुनु।
- आफ्नो ठाउँबाट डग्नु; चल्नु।
- काम न काजसित यताउति हिँड्नु; लरखरिनु।
- डराउनु; हप्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)