हवाला
ना. [अ. हवाल]
- कुनै व्यक्ति वा वस्तुलाई अर्कासमक्ष सुम्पने वा जिम्मा लगाउने काम; सुपुर्दगी।
- प्रमाण दिने उद्धरण; साक्ष्य; उल्लेख; दृष्टान्त।
- अधीनता; परतन्त्रता।
- अपराधीको पिछा गर्ने सिपाही; पहरा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)