हाँस्नु
अ.क्रि. [सं. हास+नु]
- मुखको मुद्रा र कान्तिले हृदयको खुसी वा आनन्द प्रकट गर्नु; खुसीले मुखबाट शब्द निकालेर प्रसन्नता प्रकट गर्नु; हाँसो निकाल्नु; खित्का छाड्नु।
- खुसी हुनु; दङ्ग पर्नु।
- अर्काको गिल्ला गर्नु; उपहास गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)