हातलागी
ना.
- कुनै वस्तु आफ्नो अधिकारमा आउने काम; आम्दानी; प्राप्ति। २. गणितको क्रियामा दशथानी सङ्ख्याको अन्तिम अङ्क लेखेर बाँकी रहेको सङ्ख्या; गुणन, भागाहार आदिमा आएको लब्धिको एकाइ, सङ्ख्या लेखेर बचेको दहाइ आदि सङ्ख्या।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)