हाल्नु

स.क्रि. [सं. हुल्+नु]

  1. कुनै कुरो भाँडामा, केही वस्तुमा वा मुख आदिमा राख्नु वा पार्नु; मिलाउनु; थन्क्याउनु।
  2. मिल्ने ठाउँमा पसाल्नु वा घुसार्नु; प्रवेश गराउनु (जस्तो- बाहुलामा हात हाल्नु, ओढ्नेमा खोल हाल्नु इ.)।
  3. मोल दिनु (जस्तो- रुपियाँ हाल्नु, पैसा हाल्नु आदि)।
  4. मिलाउनु वा मिसाउनु (जस्तो-भाका हाल्नु, किरिया हाल्नु इ.)।
  5. प्रवेश दिनु; नियुक्ति गर्नु; भर्ना गर्नु।
  6. सौता ल्याउनु।
  7. पूर्वसहायक क्रियाका रूपमा गाँसिएर निश्चय वा शीघ्रता आदि बुझाउने क्रियापद (जस्तो-गइहाल्नु; गरिहाल्नु, भनिहाल्नु इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)