हेर्नु

स.क्रि. [प्रा. हेर्+नु]

  1. आँखाद्वारा कुनै व्यक्ति वा वस्तुको रूप, रङ्ग, आकृति आदिको ज्ञान प्राप्त गर्नु; आँखा लगाउनु; दर्शन गर्नु।
  2. रेखदेख पुर्‍याउनु; हेरविचार गर्नु।
  3. कुरुवा बस्नु; कुर्नु; रुङ्नु।
  4. ज्योतिष-शास्त्रअनुसार कसैको ग्रहगतिको शुभ वा अशुभ फल बताउनु।
  5. बाटो कुर्नु; प्रतीक्षा गर्नु।
  6. अध्ययन गर्नु; लिखित वा मुद्रित लिपिबाट ज्ञान हासिल गर्नु।
  7. भूत-प्रेत, बोक्सी आदिको लागो विचार गर्नु।
  8. विवेक पुर्‍याउनु; विचार गर्नु।
  9. पालन-पोषण गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)